Saturday, January 18, 2025
समाजपल शाह प्रकरणमा दुर्गेश थापाले फेरे यसो ...

पल शाह प्रकरणमा दुर्गेश थापाले फेरे यसो …

तनहुँ :

अभिनेता पल शाहविरुद्ध कर णीको मुद्दामा नाबालिकाको बुवालेसमेत अदालतमा बयान फेरेका छन्।

मंगलबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले छोरीको कुरालाई आधार मानेर जाहेरी दिएको बताएको जिल्ला अदालत तनहुँका मिनबहादुर कुँवरले जानकारी दिए।

‘जाहेरीवालाको बकपत्र होस्टाइल भयो। पहिला जाहेरीमा जे उल्लेख थियो, ठ्याक्कै विपरीत बयान दिनुभयो,’ श्रेष्तेदार कुँवरले भने ‘उहाँले जाहेरीमा गरेको हस्ताक्षर आफ्नै भएको स्वीकार गर्नुभएको छ।’

मंगलबार उपस्थित नभएका सरकारी पक्षकाहरुलाई झिकाउन पेसी तोकिएको उनले बताए। उनकाअनुसार मंगलबार नै दुर्गेश थापाले पनि बकपत्र दिएका छन्। ‘दुर्गेशजीले सो क्रममा दुई जनाको बिषयमा मलाई थाहा छैन। मैले सुनेको मात्र हुँ भन्नुभयो,’ उनले भने।

आइतबार नाबालिकाले पनि बकपत्र दिने क्रममा जाहेरीमा उल्लेखित विवरणहरुमा सत्यता नभएको बताएकी थिइन्।

तनहुँ जिल्ला अदालतका श्रेष्तेदार मिन बहादुर कुँवरका अनुसार पीडित बालिकाका बुवाले पनि छोरीमाथि कर णी नभएको तर विभिन्न व्यक्ति तथा संस्थाको उक्साहटमा जाहेरी दिएको होस्टाइल बयान दिएका छन् । उनले आफूलाई प्रलोभनमा पारेर जाहेरी दिन लगाएको पनि बताएका छन् ।

‘जाहेरी मैले नै दिएको हुँ, सबै विवरण मैले लेखेको हो, त्यसमा शंका छैन,’ पीडितका बाबुको बकपत्र उधृत गर्दै स्रोतले भन्यो, ‘अहिले बुझ्दै जाँदा यथार्थ विवरण थाहा भयो । घटना भएको भनिए पनि त्यस्तो केही होइन रहेछ ।’

जिल्ला अदालत स्रोतका अनुसार केही दिनदेखि नै पीडितका बाबुले नजिकका मानिसहरुसँगको कुराकानीका क्रममा बयान फेर्ने संकेत गरेका थिए । ‘त्यो केटालाई १२ वर्ष थुनाएर हामीले के पाउछौं र भनेर उहाँले बारम्बार भन्नुभएको थियो,’ अदालत स्रोतले भन्यो, ‘कसैलाई दुःख दिएर हामीलाई शान्ति हुँदैन, समाधानतिर जानुपर्छ भन्नुहुन्थ्यो ।’

यसअघि पीडित नाबालिगले पनि अदालतमा बकपत्र गर्ने क्रममा आफूले विभिन्न व्यक्तिहरुको उक्साहटमा जाहेरी दिएको तर आफूमाथि कर णी नभएको बयान दिएकी थिइन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img