देशगण्डकी प्रदेशपहिरोले घर पुरिदा एकको मृत्यु, दुई घाइते

पहिरोले घर पुरिदा एकको मृत्यु, दुई घाइते

कास्की । पोखरा महानगरपालिका-६ डिहिकोपाटनमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ ।

गएरातिदेखिको वर्षापछि घरमाथिबाट पहिरो आएको कास्की प्रहरीले जनाएको छ। घरसँगै पहिरोमा पुरिएर सन्तोष सुनारको ज्यान गएको प्रहरीको भनाइ छ ।

पहिरोमा परेर सुनिता सुनार र सिमन सुनार घाइते भएका छन् । सन्तोष सुनिताका भाइ हुन् ।

सुनिताको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्कीका निमित्त प्रहरी प्रमुख डीएसपी सुन्दर तिवारीले जानकारी दिए । सुनिता र सिमन दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img