सिरहा । मधेस प्रदेशको सिरहा जिल्लामा बस्ने बालेश्वर साह विगत ९ दिनदेखि बेपत्ता भएका छन् ।
सिरहा जिल्लाको भगवानपुर गाउँपालिका वडा नम्बर २ नहारा गाउँपालिकाका ५५ वर्षीय बालेश्वर साह विगत ९ दिनदेखि परिवारसँग सम्पर्कविहीन छन् । असार ६ गते शुक्रबार बिहान ११ बजेदेखि काठमाडौंको गौशालाबाट सम्पर्कविहीन भएको उनका छोरा रञ्जितकुमार साहले जानकारी दिए ।
विगत ९ दिनदेखि साह परिवारबाट सम्पर्कविहीन भएपछि घरमा रुवाबासी चलेको छ। विगत दुई वर्षदेखि एजेन्ट पेसामा लागेका उनी सम्पर्कविहीन छन् ।



