काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाकाका अनुसार काभ्रेस्थलीका दिनेश पाण्डेको घरमा पाण्डेसहित उनकी श्रीमती र छोराछोरी मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार दिनेशलाई झुन्डिएको अवस्थामा मृत फेला पारिएको छ । भित्रबाट चुकुल लगाएर पहिला श्रीमती, छोरा र छोरीको ह’त्या गरेर दिनेशले आ’त्मह’त्या गरेको हुनसक्ने प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।
४१ वर्षीया पाण्डे १० वर्ष कुवेतमा वैदेशिक रोजगारीको सिलसिलामा बसेर फर्किएका थिए । दिनेशकी ३९ वर्षीया श्रीमती सुनीता पाण्डे घर नजिकै पसल चलाएर बसेकी थिइन् । प्रहरीका अनुसार उनीहरूको झै-झगडा भइरहने र केही समयअघि दुई पटकसम्म बालाजु प्रहरी वृत्तमा मिलापत्र गरेर छाडिएको समेत प्रहरीले जनाएकाे छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अहिले घटनास्थलबाट मुचुल्का उठाउने काम भइरहको बताए ।



