समाजनिर्दोष छु, अनुसन्धानमा सहयोग गर्छु : सन्दीप लामिछाने

निर्दोष छु, अनुसन्धानमा सहयोग गर्छु : सन्दीप लामिछाने

काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् ।

उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले दिएको जानकारीअनुसार सन्दीपले लगातार आफू निर्दोष रहेको दाबी गरिरहेका छन् ।

“उहाँले म निर्दोष छु भनेर लगातार भनिरहनुभएको छ,” गौशाला प्रहरी कार्यालयमा पुगेका कानुन व्यवसायी घिमिरले पत्रकारहरुसँग भने, “अनुसन्धानमा सहयोग गर्छु, कानुनी लडाइँ लड्छु भन्नुभएको छ ।”

घिमिरेका अनुसार प्रहरी र आफूलाई सन्दीपले इमेल लेखेर आत्मसमर्पणका लागि तयार भएको बताएका थिए ।

“सन्दीपजीले गौशाला प्रहरी वृत्तमा आत्मसमर्पण गरिहाल्नुभयो,” उनले भने, “म उहाँको कानुन व्यवसायी भएकाले मेरो उपस्थितिमा आत्मसमर्पण हुनुपर्‍यो भन्नुभएको थियो । म यहाँ आउँदा प्रहरी टोली आएको रहेछ । विमानस्थलमा सम्भव छैन भनेपछि म यहीँ बसेँ । उहाँलाई यहीँ ल्याइयो । मैले भेट्न खोज्दा एउटा निवेदन दिनुपर्छ भनियो । निवेदन बुझाउन लाग्दा अहिले मेडिकलको लागि लैजानुभएको छ ।”

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img