समाजजाडोमा विद्यार्थीहरुलाई न्यानो गराउदै एलिजा फाउण्डेशन

जाडोमा विद्यार्थीहरुलाई न्यानो गराउदै एलिजा फाउण्डेशन

काठमाडौं । जाडोमा विद्यार्थीहरुलाई एलिजा फाउण्डेशनले न्यानो कपडा वितरण गरेको छ ।

फाउण्डेशनले तेह्रथुमको फेदाप गाउँपालिका–५ मा रहेको श्री सिंहदेवी आधारभूत विद्यालयका १२० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । फाउण्डेशनकी अध्यक्ष एलिजा गौतम र संरक्षक गीतादेवी भेटुवालले विद्यार्थीहरुलाई सोमबार आयोजित एक कार्यक्रमकाबीच ती न्यानो कपडा वितरण गरेका हुन् ।

फाउण्डेशनले शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीको क्षेत्रमा ठूलो मात्रामा सहयोग गर्ने घोषणा गरेअनुसार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको जनाईएको छ ।

कपडा वितरणपछि फाउण्डेशनकी अध्यक्ष गौतमले भनिन्, ‘आज हामीले फाउन्डेसनको तर्फबाट थोरै सहयोग गर्न पाएका छौं । मन खुसी छ।’

फाउण्डेशनको स्थापनादेखि नै समाजमा योगदान पुर्याउँदै आएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img