Sunday, February 16, 2025
समाजहात्तीको आक्रमणबाट मकवानपुरमा एकजनाको मृत्यु

हात्तीको आक्रमणबाट मकवानपुरमा एकजनाको मृत्यु

मकवानपुर : मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट गए राति एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रेष्ठका अनुसार गए राति ९ बजे घर नजिकै बाख्राखोरमा जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गरेको हो ।

गम्भीर घाइते उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा राति नै निधन भएको श्रेष्ठले जानकारी दिए ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

फागुन ४ गते आइतबारको भाग्यफल

spot_img