विचार/ब्लगगाउँ घरमा देखिन छाडे‌ खैंजडी लोक भजन र बालन नाच

गाउँ घरमा देखिन छाडे‌ खैंजडी लोक भजन र बालन नाच

गाउँ घरमा पुजा पाठ होस् या त पुराण, वर्तमन सबै अबसरमा खैंजडी भजन गाउने चलन थियो तर अहिले यस्ता अबसरमा बिरलै खैंजडी भजन र बालन नाच नाचेको देख्ने गर्छैँ। खैंजडी भजनको ठाउँ भिभिन्न आधुनिक र प्यारोडी भजनले लिएका छन्। आजका युवा जमात पनि आफ्नो मैलिकता बोकेको भजनमा भन्दा प्यारोडी भजन मै रमाएको देखिन्छन्। धेरै जसो युवा र बालबालिकाहरुलाई त खैंजडी भजन र बालन नाचको बारेमा जानकारी समेत नभएको पनि हुन सक्छ।

खैंजडी भजन विशेषगरी काठमाडौँ उपत्यका वरपर साथै पूर्वी र पश्चिमी पहाडका क्षेत्री-ब्राहृमण समुदायहरुमा गाउने चलन छ। प्रायः क्षेत्री ब्राहृमण समुदायका व्यक्तिहरू नै खैंजडी भजन गाउन र बालन नाचमा सहभागी हुने भए पनि दर्शक र श्रोताको रूपमा सबै जातजातिले मनोरञ्जन लिने गर्दछन्। खैंजडी भजनहरू विशेषगरी श्रीमद्भागवत महा पुराणलाई आधार मानेर सिर्जना गरिएको पाइन्छ। यसैगरी भजनहरू देवीभागवत, शिवपुराण, रामायण, महाभारत, श्रीस्वस्थानी व्रतकथा लगायतका विभिन्न सनातन धर्मका कथामा समेत आधारित हुन्छन्। यी ग्रन्थहरूबाट कुनै एक देवीदेवता वा अन्य कुनै पात्रलाई उठाएर टुक्रा झिकी त्यस टुक्रालाई लम्ब्याउँदै भजन गाउने गरिन्छ।

खैंजडी भजन गाउँदा विशेष वाजा खैंजडी बजाउदै बालन नाच नाचिन्छ। नृत्य गर्नेहरू एउटा खुट्टा उचालेर जोडीजोडी भई पालैपालो नाच्छन्। चुड्का भजनमा भजन गाउने बाजा बजाउने र नृत्य गर्ने मात्र होइन दर्शकहरू समेत जोसिएका हुन्छन्। यसरी नै भजन अगाडि बढेको पाउन सकिन्छ। यस प्रकारको भजन गाउँदा कम्तीमा पनि आठ-नौ जनाको टोली गोलाकार भई बसेर एक जनाले भट्याउने केहीले खैंजडी लिने गर्दछन्। भट्याउने व्यक्ति बीचमा बसेर गाउने गरिन्छ र उसले नारायण भन्दै छोडेका पङ्क्तिलाई हरि हरि भन्दै टिपेर खैंजडीको तालसँगै नृत्य गर्न थाल्छन्।

आज भोलि गाउँ घरमा बिरलै देखिने खैंजडी भजन र बालन नाच नेपालको मैलिक लोक संस्कृतिक परम्परा हो। युवा वर्गमा पस्चिमा संस्कृतिको प्रभावले यो मैलिक संस्कृति प्रति चासो र रुचि कम भएका कारण लोप हुने अवस्थामा पुगेको छ। खैंजडी भजन र बालन नाच जस्ता धेरै लोक संस्कृति र परम्पराहरू अहिले नेपालबाट लोप हुने अवस्थामा पुगेका छन्। यस्ता मैलिकता र आफ्नो संस्कृति बोकेका लोक संस्कृति र नाचलाई आजका युवाले अपनत्व र संरक्षण नगर्ने हो भने भोलिको पुस्ताले सिक्न र जान्न पनि नसक्ने अवस्था आउन सक्छ। त्यसैले मैलिक लोक संस्कृति र परम्पराको संरक्षण र प्रवद्र्धन गर्नु सबैको दायित्व हो।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img