समाजबसको ठक्करबाट एक महिलाको मृत्यु

बसको ठक्करबाट एक महिलाको मृत्यु

मकवानपुर: मकवानपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-६ नयाँबस्तीमा गौरबाट काठमाण्डौ तर्फ जादै गरेको ना ५ख १७४० नम्बरको यात्रुबाहक बसले ठक्कर दिदा एक महिलाको मृत्यु भएको हो ।

यात्रुबाहक बसले ठक्कर दिँदा मनहरी ७ सुनाचुरीकी ७१ वर्षीया मनमाया थिङको मृत्यु भएको प्रहरीले जनाएको छ । महिलाको हेटौंडा अस्पतालका डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

बस र चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img