हेटौँडाः हेटौँडाको थानाभर्याङमा आइतबार राती मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।
आइतबार राती १० बजेर ५५ मिनेटको समयमा हेटौँडा बजारबाट थानाभर्याङतर्फ जाँदै गरेको ना ६५ प ७०५५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनजना घाइते भएका थिए ।
मोटरसाइकल चालक हेटौँडा–४ का १५ वर्षीय किशोर मैन थापाको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते बेबिशा खड्गीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि भरतपुर रेफर गरिएको प्रहरीले जानकारी दिएको छ । यस्तै अर्की घाइते विनिता थापाको हेटौडा अस्पतालमै उपचार भैरहेकोमा उनको डिस्चार्ज भैसकेको मकवानपुर प्रहरीले जनाएको छ ।