Tuesday, June 24, 2025
समाजकर्तव्यनिष्ठ कर्मचारीः पितृशोकमा पनि जनसेवामा समर्पित

कर्तव्यनिष्ठ कर्मचारीः पितृशोकमा पनि जनसेवामा समर्पित

spot_img

लमजुङ | दुधपोखरी गाउँपालिकाका लेखा अधिकृत नरेन्द्रराज घिमिरेले आफ्नो कर्तव्यप्रतिको समर्पण र जनसेवाको भावना देखाउँदै अनुकरणीय उदाहरण प्रस्तुत गरेका छन्। उनका बुबाको निधन भएको भोलिपल्टै देखि उनी किरिया बसेकै कोठाबाट गाउँपालिकाको महत्वपूर्ण लेखा सम्बन्धी काम गरिरहेका छन्।

असार १९ गते ८२ वर्षीय बुबा दुर्गाभक्त घिमिरेको निधन भएपछि नरेन्द्रराजले पारिवारिक दायित्व र पेशागत जिम्मेवारी बीच सन्तुलन कायम गर्ने अनौठो निर्णय गरे। “आर्थिक वर्षको अन्तिम समय भएकाले गाउँपालिकाको काम रोक्न मिल्दैन,” उनले भने। “त्यसैले किरिया बसेकै अवस्थामा काम गरिरहेको छु।”

घिमिरेको यो कदमलाई गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङले प्रशंसा गरेका छन्। उनले भने, “व्यक्तिगत पीडा भए पनि घिमिरेजीले कार्यालयको हितलाई प्राथमिकतामा राख्नुभएको छ। यो उहाँको कर्तव्यनिष्ठा र समर्पणको उत्कृष्ट उदाहरण हो।”

लेखापाल पद रिक्त रहेको र आफू एक्लैले लेखाको काम गर्नुपर्ने बाध्यता रहेको घिमिरेले बताए। उनले थपे, “वित्तीय अनुशासन र आर्थिक दृष्टिकोणले समेत काम रोक्न उचित हुँदैन। त्यसैले पीडा भुलेर काममा जुटेको छु।”

गाउँपालिकाको सहयोगमा आवश्यक कागजात र उपकरण घरमै मगाएर घिमिरेले काम गरिरहेका छन्। नेपाल सरकारको नियमानुसार १५ दिनको क्रिया बिदा पाइने भए पनि उनले जनसेवालाई प्राथमिकता दिएका छन्।

यस घटनाले कर्मचारीको कर्तव्यनिष्ठा र समर्पणको महत्व उजागर गरेको छ। साथै, व्यक्तिगत र पेशागत जीवनबीच सन्तुलन कायम गर्ने चुनौतीलाई पनि प्रकाश पारेको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img
spot_img