समाजरामदेवले नेपालमा खाेलेका टेलिभिजनबारे विभागले छानबिन थाल्यो

रामदेवले नेपालमा खाेलेका टेलिभिजनबारे विभागले छानबिन थाल्यो

भारतीय योग गुरु रामदेवले नेपालमा सञ्चालन गर्ने भनिएका टेलिभिजनको बारेमा सूचना तथा प्रसारण विभागले छानबिन सुरु गरेको छ । पतञ्जलि नेपाल टिभी र आस्था नेपाल नामक उक्त दुई टेलिभिजन च्यानलले नेपालमा प्रसारणको इजाजत लिए/नलिएको बारे छानबिन गर्न प्रसारण शाखाका निर्देशक सुदिप भट्टराईको नेतृत्वमा समिति गठन भएको विभागका प्रवक्ता भरत गौतमले न्युज अफ नेपाललाई जानकारी दिए । उक्त समिति आजै गठन भएको प्रवक्ता गौतमले बताए ।

विभागलाई टेलिभिजनको लोगो मात्रै उद्घाटन गरिएको भन्ने जानकारी आएको प्रवक्ता गौतमको भनाई छ । यद्यपि कुरा अर्कै आएकाले छानबिन समितिले यथार्थ बाहिर ल्याउने उनले बताए ।

शुक्रबार बुढानीलकण्ठ नगरपालिका–८, मन्डिखाटारस्थित पतञ्जलि योगपीठको नेपालस्थित कार्यालयमै भएभरका नेताहरुसहित प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त दुई विवादास्पद टेलिभिजनको उद्घाटन गरेका थिए । साे कार्यक्रममा प्रधानमन्त्री देउवाले योग गुरु रामदेवद्वारा सञ्चालित योगपिठका लागि नेपालमा जग्गा उपलब्ध गराउने समेत बचन दिएका थिए ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुसार आम सञ्चारमाध्यममा वैदेशिक लगानी प्रतिबन्ध गरिएको छ । तर प्रधानमन्त्री र शीर्ष नेताहरूले उक्त ऐन विपरीत विदेशी लगानीका दुई टेलिभिजन एकै दिन उद्घाटन गरेपछि चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img