Saturday, March 22, 2025
समाजआगामी २४ घण्टामा देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम...

आगामी २४ घण्टामा देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको सुझाव

काठमाडौं |  जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका विभिन्न स्थानहरूमा भारी वर्षा र मौसम खराब हुने सम्भावनाबारे सतर्कता अपनाउन सुझाव दिएको छ। विभागका अनुसार मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि आंशिक बदलीको अवस्था रहन सक्ने बताइएको छ।

बागमती, कोशी, गण्डकी र मधेश प्रदेशका विभिन्न पहाडी क्षेत्रमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा भने भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

असोज १६ गतेको मौसम पूर्वानुमान

असोज १६ गते दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानहरूमा आंशिकदेखि साधारण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा मौसम सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

राति पनि यस्तै मौसम रहनेछ, जसमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रहने छ भने बाँकी भू-भागमा आंशिक बदली रहने सम्भावना छ।

असोज १७ गतेको मौसम पूर्वानुमान

असोज १७ गते दिउँसो र राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि साधारण बदली रहने छ भने बाँकी भू-भागमा मौसम सफा रहनेछ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

कोशी र बागमती प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने बताइएको छ। त्यसैगरी, ती क्षेत्रका नागरिकहरूलाई बाढी, पहिरो, भू-क्षयजस्ता विपद्‌बाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

मौसमको प्रभावले गेग्रान बहाव र अन्य विपद्को जोखिम रहेको हुँदा सम्भावित स्थानहरूमा सतर्क रहन आवश्यक रहेको जनाएको छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img