Thursday, June 19, 2025
समाजप्रचण्डको चेतावनी- कार्यकारी राष्ट्रपतिको मुद्दा लिएर सडकमा उत्रिन्छौं

प्रचण्डको चेतावनी- कार्यकारी राष्ट्रपतिको मुद्दा लिएर सडकमा उत्रिन्छौं

spot_img

थाहानगर | माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ आन्दोलनको संकेत दिएका छन्। थाहा नगरपालिकामा आयोजित वाईसीएलको दोस्रो नगर अधिवेशनमा बोल्दै उनले कार्यकारी राष्ट्रपतिको माग सहित आन्दोलन गर्ने घोषणा गरे। थाहा नगरपालिकामा आयोजित योङ कम्युनिस्ट लिग (वाईसीएल) को दोस्रो नगर अधिवेशनमा बोल्दै उनले कांग्रेस र एमालेको गठबन्धनमाथि कडा प्रहार गरे।

एक व्यवसायीको घरमा बसेर सरकार ढाल्ने भएको अंकित गर्दै प्रचण्डले आफ्नो नेतृत्वको पूर्व सरकारले विचौलिया, दलाल र पुँजीपतिको सेटिङ भत्काएपछि आत्तिएका व्यक्तिहरूले एमाले र कांग्रेस नेतृत्वलाई भेटेर सरकार फेर्न दबाब दिएको खुलासा गरे।

-Ads-

“म अघिल्लो सरकारमा राम्रो मात्र गर्छु, नराम्रो गर्दिनँ र गर्न पनि दिन्न भन्ने संकल्पका साथ आएको थिएँ,” प्रचण्डले भने। उनले आफ्नो कार्यकालमा भ्रष्टाचारीविरुद्ध कडा कारबाही गरिएको र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शिर उच्च बनाइएको दाबी गरे।

माओवादी केन्द्रका अध्यक्षले आगामी दिनमा देशभरका जिल्ला र स्थानीय तहमा आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने बताए। उनले आफू अझै ५-७ वर्ष स्वस्थ रहे प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था नभएसम्म विश्राम नलिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पनि सम्बोधन गर्दै माओवादी आन्दोलनलाई चिलसँग तुलना गरे। उनले भने, “चिलले जसरी आवश्यक परेको बेला ह्वात्तै उडान बढाउन सक्छ, त्यसैगरी माओवादी पनि तयारी अवस्थामा छ। हामीलाई कमजोर नठान्नुहोस्।”

सापकोटाले वर्तमान सरकार भ्रष्टाचारको चंगुलमा फसेको आरोप लगाउँदै देशलाई भ्रष्टाचारमुक्त बनाउन माओवादी नेतृत्व आवश्यक रहेको बताए।​​​​​​​​​​​​​​​​

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img