Wednesday, January 15, 2025
समाजहाइसको ठक्करबाट एकको ज्यान गयो

हाइसको ठक्करबाट एकको ज्यान गयो

उदयपुर । उदयपुरमा हाइसको ठक्करबाट एकको ज्यान गएको छ  । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय अगाडि सैनिक व्यारेक नजिक शनिवार बिहान ५ बजे हाइसको ठक्करबाट एक जना पेदल यात्रीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीले दिएको जानकारी अनुसार त्रियुगा नगरपालिका वडा नं ११ चप्पन घर भएका ५५ वर्षका पवनसेर राई पैदल हिडिरहेको अवस्थामा गाईघाट दिक्तेल सडकको साउने खण्डमा पर्ने बोक्से करमगाछीतिरबाट गाईघाट बजारतिर जाँदै गरेको बा. प्र.०१- ००६- ख ५८७१ नं को गाईघाट काठमाडौँ चल्ने हायसले पछाडिबाट राईलाई ठक्कर दिएको थियो ।

हाइसको ठक्करबाट घाइते भएका राईलाई तत्कबालै प्रहरीले उद्धारगरी उपचारका लागि जिल्ला अस्पताल लगेकोमा बिहान ६.०५ बजे चिकित्सकले राईलाई मृत घोषणा गरेका थिए ।

दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका ज्यान गुमाएका राई शनिवार पनि मजदुरीकै सिलसिलामा त्रियुगा नगरपालिका वडा न. ९ स्थित गैरुनतिर जान लागेको बताइएको छ ।

राईलाई ठक्कर दिएर फरार रहेको हायसलाई खोजतलास गरेर प्रहरीले काठमाडौँ जाने क्रममा त्रियुगा नगरपालिका वडा नं ६ जलजलेमा रहेको इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने सवारी दुर्घटना कसरी भयो सवारी कस्ले चलाएको थियो भन्ने विषयमा सवारी चालक तथा सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img