Monday, January 13, 2025
समाजइटहरीमा एक दिने निःशुल्क आँखा शिविरबाट १ सय २६ जना बढीले लिए...

इटहरीमा एक दिने निःशुल्क आँखा शिविरबाट १ सय २६ जना बढीले लिए सेवा

इटहरी | इटहरी वडा नं. १ मा एक दिने निःशुल्क आँखा शिविरबाट १ सय २६ जना बढीले
जनाले सेवा लिएका छन् ।

लायन्स क्लव अफ ईटहरी स्मार्टसिटी र वडा नं. १ कार्यालयको सहकार्यमा आयोजित यस शिविरमा रामलाल गोल्छा आई हस्पिटल फाउण्डेशन विराटनगरका दक्ष चिकित्सकहरूको टोलीद्वारा आँखा सम्बन्धी विभिन्न सेवाहरू प्रदान गरिनेछ।
आँखा शिविरबाट १ सय २६ जना बढीले सेवा लिएका छन् ।

स्थानियवासीहरूलाई आफ्नो आँखा जाँच गराउन र शिविरमा प्रदान गरिने सेवाहरूको लाभ उठाउन कार्यक्रम आयोजना गरिएको लायन्स क्लव अफ ईटहरी स्मार्टसिटीका अध्यक्ष शिव प्रसाद भट्टराईले बताए ।

कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रतन कार्कीले स्थानियवासीहरूलाई आफ्नो आँखा जाँच गराउदा निकै सहज भएको साथै आयोजक संस्थालाई धन्यवाद समेत व्यक्त गरे ।

शिविरमा आँखा जाँच, चश्मा जाँच, र आवश्यक औषधि निःशुल्क प्रदान गरिनुका साथै, मोतीबिन्दु र आँखामा मासु पलाउने समस्याका लागि विशेष छुटको व्यवस्था गरिएको छ । मोतीबिन्दुको निःशुल्क अप्रेसन तथा अन्य गम्भीर समस्याहरूमा आवश्यक परामर्श पनि उपलब्ध गराइएको हो ।

शिविरमा जाँच गरिएका बिरामीहरूलाई रामलाल गोल्छा आई हस्पिटलमा थप उपचारका लागि रिफर गरिनेछ। ७ दिनभित्र जाँच गरिएका बिरामीहरूको नाम दर्ता निःशुल्क हुनेछ।

कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर १ वडा सदस्य ,लायन्स क्लव अफ ईटहरी स्मार्टसिटीका पदाधिकारीहरू , स्थानीयहरू उपस्थिति रहेको थियोे ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img