Monday, January 13, 2025
समाजभूकम्पबाट चीनमा ३२ जनाको मृत्यु, नेपालमा पनि प्रभाव

भूकम्पबाट चीनमा ३२ जनाको मृत्यु, नेपालमा पनि प्रभाव

काठमाडौं । मंगलबार बिहान ६:५० बजे चीनको तिब्बत स्वायत्त क्षेत्रको सिगात्से शहरस्थित डिंग्री गाउँलाई केन्द्रविन्दु बनाएर ६.८ म्याग्निच्युडको भूकम्प गएको छ।  यस भूकम्पमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ।

भूकम्पको धक्का नेपालका विभिन्न स्थानमा पनि महसुस गरिएको थियो। काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि मानिसहरू घरबाहिर निस्किएका थिए।  सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ स्थित प्रहरी चौकी भवन चर्किएको छ भने रामेछापमा एउटा गोठमा क्षति पुगेको छ। ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको छ।

बाराको कलैया उपमहानगरपालिका–१ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी भूकम्पको धक्का महसुस भएपछि बेहोस भएका थिए। उनीहरूको प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ।

चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा रहेको थियो। भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो।

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार डिंग्री काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँहरूमा घरहरू भत्किएका छन्। भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षमा ३ म्याग्निच्युडभन्दा माथिका २९ वटा भूकम्प गएका थिए, तर आजको भूकम्प सबैभन्दा शक्तिशाली थियो।

नेपालमा पछिल्लो समय भूकम्पको गतिविधि बढेको छ। पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गइसकेका छन्। यसले भूकम्पीय जोखिमप्रति सचेत रहनुपर्ने आवश्यकता औंल्याएको छ।

भूकम्पपछि सम्भावित परकम्पहरू आउन सक्ने भएकाले सतर्क रहनु आवश्यक छ। सार्वजनिक स्थानहरूमा भूकम्प सुरक्षा मापदण्डहरूको पालना गर्न, आपत्कालीन सामग्रीहरूको तयारी गर्न र भूकम्प सम्बन्धी जानकारीहरू अद्यावधिक राख्न सम्बन्धित निकायहरूले सुझाव दिएका छन्।

यस भूकम्पले नेपाल र चीनबीचको सीमावर्ती क्षेत्रमा भूकम्पीय गतिविधि सक्रिय रहेको संकेत गरेको छ। भविष्यमा यस्ता प्राकृतिक प्रकोपहरूबाट जोगिन दुवै देशले आपसी सहयोग र तयारीलाई अझ सुदृढ बनाउनुपर्ने देखिन्छ।

यसैबीच, भूकम्पको धक्का महसुस भएपछि काठमाडौंको स्युचाटारस्थित एक घरको छतबाट हामफालेका एक पुरुषको दुवै खुट्टामा चोट लागेको छ। उनको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

भूकम्पको धक्का महसुस भएपछि मानिसहरू चिसोको परवाह नगरी होहल्ला गर्दै सडकमा निस्किएका थिए। काठमाडौंलगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर तथा तराईका जिल्लासम्म धक्का महसुस भएको थियो।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img