Saturday, May 17, 2025
समाजगाउँपालिकाका अध्यक्ष चौधरीमाथि मध्यरातमा गोली प्रहार
spot_img

गाउँपालिकाका अध्यक्ष चौधरीमाथि मध्यरातमा गोली प्रहार

spot_img

कपिलवस्तु | कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार राति गोली प्रहार भएको छ। प्रहरीले यसलाई लक्षित आक्रमणको रुपमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीका अनुसार राति ११:३० बजेतिर मायादेवी गाउँपालिका–१, पकडीस्थित अध्यक्ष चौधरीको घरमै गोली प्रहार भएको हो।

“अध्यक्ष शौचालय गएर फर्किने क्रममा अन्धकारमा गोली चलाइएको थियो। गोली भित्तामा लाग्यो, उहाँ सकुशल हुनुहुन्छ,” डीएसपी अधिकारीले जानकारी दिए।

प्रहरीले घटनास्थलबाट एक थान गोलीको खोका पनि बरामद गरेको जनाएको छ। घटनाको समयमा बिजुली गएको थियो, जसले आक्रमण सहज बनाएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीका अनुसार घटनास्थलको घेराबन्दी गरिएको छ र अनुसन्धान सुरु गरिएको छ। हमलाकारी को हुन् भन्ने विषयमा अहिले खुलाइएको छैन। घटना योजनाबद्ध देखिएको भन्दै प्रहरीले संभावित संलग्न व्यक्तिहरुको खोजी सुरु गरिसकेको जनाएको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img