समाजयातायात मन्त्री नै ३ घण्टा फसे दाउन्नेको हिलाम्य जाममा

यातायात मन्त्री नै ३ घण्टा फसे दाउन्नेको हिलाम्य जाममा

नवलपुर | भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल बिहीबार साँझ तीन घण्टा भन्दा बढी समय दाउन्ने सडक खण्डको हिलाम्य जाममा फसेका छन्। बुटवल–नारायणगढ सडकको स्थलगत निरीक्षणका क्रममा मन्त्री दाहालको सवारी जाममै रोकिएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालका अनुसार झरी परेपछि दाउन्ने सडक हिलो र चिप्लो हुने भएकाले गाडीहरू चल्न नसक्ने स्थिति बन्ने गर्छ। “बाटो धान रोपेजस्तो भएको छ,” ढकालले भने, “गाडी चिल्पेर हैरान बनाउँछ। त्यही कारण जाम हुने हो।”

सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीसँगको छलफलमा मन्त्री दाहालले तत्कालै सडक मर्मत गरी सवारीसाधन चल्न सक्ने बनाउने आदेश दिएका छन्। वर्षायाम सुरु हुन लागेको हुँदा निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न उनले निर्देशन दिएका हुन्।

निर्माण कम्पनीसँग निर्देशन: मर्मत प्राथमिकता निरीक्षणपछि मन्त्री दाहालले निर्माण कम्पनीलाई बाटो कालोपत्रीभन्दा पनि ढलान प्रविधि प्रयोग गरी छिटो काम सक्न निर्देशन दिएका छन्। आयोजनाका निर्देशक चुडाराज ढकालका अनुसार, “दाउन्ने खण्डको भूधरातल जटिल भएकोले कालोपत्रीभन्दा ढलान उपयुक्त देखिएको छ। सवारी सहज बनाउनेतर्फ काम भइरहेको छ।”

विस्तार कार्यका कारण हाल वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक ६ घण्टा सडक आवागमन बन्द गरिएको छ।

हिलाम्य सडकमा मोटरसाइकल पनि चल्न सकेन बिहीबार दिउँसो करिब १ घण्टा परेको झरीले दाउन्ने पूर्वखण्डको ६ किलोमिटर सडक पूरै हिलाम्य बनाएको छ। मोटरसाइकल समेत चल्न नसक्ने स्थिति बनेपछि सवारीसाधन थुनिएका थिए।

सडक हिलाम्य हुँदा दाउन्ने पूर्वखण्डमा बारम्बार अवरोध हुँदै आएको छ।  

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img