Thursday, July 17, 2025
समाजहेटौँडा–ठिगन हुँदै काठमाडौं जोड्ने सडक १५ दिनका लागि आंशिक बन्द

हेटौँडा–ठिगन हुँदै काठमाडौं जोड्ने सडक १५ दिनका लागि आंशिक बन्द

ठिगन-बगुवा सडक खण्डको चट्टान कटान कार्यका कारण वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

spot_img

हेटौँडा | हेटौँडाबाट ठिगन हुँदै काठमाडौं पुग्ने कान्तिलोकपथ अन्तर्गतको ठिगन–बगुवा सडकखण्डमा चट्टान कटानको काम सुरु गरिने भएको छ। सोही कार्यका कारण आगामी १५ दिनसम्म दैनिक ६ घण्टा सवारी आवागमन बन्द गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको सूचनानुसार, २०७९–८० को सडक चौडाइ विस्तार परियोजना अन्तर्गत गंगटे नजिकको ‘भाँडडाँडा’ क्षेत्रमा रहेको जोखिमयुक्त चट्टान हटाउने काम गरिनेछ। यस क्रममा वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म हरेक दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोकिनेछ।

- Advertisement -

आयोजना प्रमुख रत्न लक्ष्मी बज्राचार्यका अनुसार, यस सडकखण्डको सिंगल लेनलाई डबल लेन बनाउने कार्यका साथै ढलान निर्माण तथा कालोपत्रे समेत गरिनेछ। निर्माण कार्य एम/फाइभ सर्वशक्ति–पञ्चकन्या–सनस्टार जेभी कम्पनीले गरिरहेको छ भने सुपरिवेक्षण कान्ति राजमार्ग सडक आयोजना, चाकुपाट ललितपुरले गरिरहेको छ।

यसैबीच, २०७९ असोज १३ गते आएको भारी वर्षाका कारण क्षति पुगेको बागमती पुलमा बेलीब्रिज जडान गर्ने काम पनि तीव्र गतिमा अघि बढिरहेको बज्राचार्यले बताइन्।

प्रशासनले यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै उक्त अवधिमा काठमाडौं–हेटौँडा यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

 

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img