Friday, May 16, 2025
समाजहेटौँडामा मानव सेवा आश्रमद्वारा दुई सडक आश्रित उद्धार
spot_img

हेटौँडामा मानव सेवा आश्रमद्वारा दुई सडक आश्रित उद्धार

spot_img

हेटौँडा | मानव सेवा आश्रम हेटौँडाले आज (शनिबार) हेटौँडा बजार क्षेत्रमा रात्रीकालीन सडक सेवा प्रदान गरेको छ। साप्ताहिक रूपमा सञ्चालन हुँदै आएको यो सेवामार्फत सडकमा आश्रित अवस्थामा रहेका नागरिकहरूको उद्धार गरी सुरक्षित आवास, उपचार र पुनःस्थापनाको व्यवस्था गरिँदै आएको छ।

उद्धार अभियानमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, मानव सेवा आश्रम मकवानपुर संयोजक ईशा थापा, जिल्ला सह–संयोजक पूजा क्षेत्री, नगर प्रहरी टोली, जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुरक्षाकर्मी तथा स्वयंसेवकहरूको टोली सहभागी थियो। टोलीले सिमाचोकदेखि भुटनदेवी मन्दिर, बसपार्क, स्वर्गद्वारी क्षेत्र, तरकारी बजार एरिया, मनकामना चोक हुँदै पशुपति मन्दिर क्षेत्रसम्म सडक क्षेत्रमा सेवा सञ्चालन गरेको हो।

यस पटक दुई पुरुषलाई उद्धार गरिएको संयोजक ईशा थापाले जानकारी दिइन्। एक जना सिमाचोक र एक जना बसपार्क क्षेत्रबाट उद्धार गरिएको उनले बताइन्। उद्धार गरिएका दुवैलाई आश्रममा लगेर नुहाइधुवाइ, खाना, स्वास्थ्य परीक्षण र प्राथमिक उपचार सेवा प्रदान गरिएको उनले बताइन्।

गत शनिबार एक बालिका, एक महिला र ६ जना पुरुषसहित जम्मा ८ जना सडक आश्रितहरूलाई उद्धार गरिएको थियो। जसमध्ये बालिका, दुई पुरुष र एक महिलालाई घर पठाइएको र अन्य आश्रममै रहेको संयोजक ईशा थापाले जानकारी दिइन्।

मानव सेवा आश्रमले देशभरि मानसिक असन्तुलनमा रहेका, परिवारबाट छुट्टिएका, बेवारिसे र सडकमा जीवन बिताइरहेका व्यक्तिहरूको उद्धार र पुनःस्थापनामा काम गर्दै आएको छ। स्थानीय तह, प्रहरी प्रशासन तथा सामाजिक अभियन्तासँगको सहकार्यमा आश्रमले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक हप्ता नियमित रूपमा यस्ता सेवा सञ्चालन गर्दै आइरहेको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img