समाजहातेमालो बचत तथा ऋण सहकारीको १९औं स्थापना दिवस भव्य रुपमा सम्पन्न

हातेमालो बचत तथा ऋण सहकारीको १९औं स्थापना दिवस भव्य रुपमा सम्पन्न

हेटौंडा |  हेटौंडा–२, संगमचोकमा अवस्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लि.ले शनिबार एक भव्य समारोहबीच १९औं स्थापना दिवस मनाएको छ। कार्यक्रम संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको सभाध्यक्षता र बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

समारोहमा मन्त्री सिलवालले सहकारी संस्थाहरूले अब उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याउँदै सदस्य लक्षित योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए। उनले सहकारीहरूले वनसँग जोडिएर आयमूलक गतिविधिमा सहभागिता बढाउनुपर्ने समेत बताए।

कार्यक्रममा प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाले राजधानी केन्द्रित सहकारीमा देखिएको समस्याको असर मकवानपुरमा पनि देखिन थालेको भन्दै चिन्ता व्यक्त गरे। बचत फिर्ता नपाउने, ऋण भुक्तानीमा समस्या हुने जस्ता कारणले सदस्यहरूको सहभागिता घटिरहेको उल्लेख गर्दै सहकारीले विश्वास जित्न प्रयास गर्नुपर्ने बताए।

जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठले सरकारद्वारा सहकारीमाथि अनावश्यक दबाब दिइएको भन्दै असन्तुष्टि जनाइन्। उनले सहकारीले सरकारले गर्नुपर्ने धेरै काम गरेका भएपनि उचित सम्मान पाउन नसकेको धारणा राखिन्। उनले सहकारीमार्फत सहज रूपमा ऋण उपलब्ध हुने भएकाले सदस्यहरूलाई यही बाटो अपनाउन आग्रह गरिन्।

कार्यक्रममा हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइराला, नेफ्स्कुन हेटौंडाका सदस्य राजुप्रसाद गौतम, राष्ट्रिय सहकारी बैंकका विक्रम पौडेल, यूवा साकोसका प्रतिनिधि बलराम घिमिरेलगायत सहकारी क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।

स्थापना दिवसको अवसरमा संस्थाले सहकारी क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ। पत्रकारिता क्षेत्रमा खबरसहकारी डटकमका सम्पादक श्रीराम अर्जुन, योग प्रशिक्षक रामकृष्ण थापा, वडाध्यक्ष रामकृष्ण कोइरालालाई विशेष सम्मान प्रदान गरिएको थियो। साथै उद्यमशीलता, ईन्जिनियरिङ, कलाकर्म लगायत विविध विधामा क्रियाशील १० जना सदस्यहरूलाई सम्मान गरियो।

त्यसैगरी २० जना असल बचतकर्ता र २० जना असल ऋणीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो। बालबचततर्फ विभव राई, दिप्सन सापकोटा, अनुश्री न्यौपाने लगायत ५ बालबचतकर्ताले पनि पुरस्कार पाए।

स्थापना दिवसको अवसरमा सहकारीले बालबचतकर्ताबीच चित्रकला, हस्तलेखन प्रतियोगिता तथा वक्तृत्वकला कार्यक्रम आयोजना गरेको थियो। प्रतियोगितामा विभिन्न उमेर समूहका बालबालिकाले सहभागिता जनाएका थिए। विजयी प्रतिभाहरूलाई सोही दिन पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमको अन्त्यमा संस्थापक, पूर्व तथा वर्तमान समिति सदस्यहरू, उपसमिति र कर्मचारीबीच समीक्षा कार्यक्रम सञ्चालन गरियो। संस्थाले आगामी दिनमा सहकारी गतिविधिलाई अझ प्रभावकारी बनाउन जेठ १२ गते धूप बनाउने तालिम तथा १४ गते रक्तदान कार्यक्रमसहित सामाजिक उत्तरदायित्व अन्तर्गत गोरक्षश्वर संस्कृत वेद विद्यालयलाई सहयोग हस्तान्तरण गर्ने जानकारी संस्थाका व्यवस्थापक रमला कुमारी सापकोटाले दिइन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img