समाजपिप्ले पोखरामा ठेकी बनाउने १५ दिने तालिम सम्पन्न

पिप्ले पोखरामा ठेकी बनाउने १५ दिने तालिम सम्पन्न

हेटौँडा | पिप्ले पोखरा सामुदायिक बन उपभोक्ता समूहले आयोजना गरेको १५ दिने ठेकी बनाउने तालिम आइतबार सम्पन्न भएको छ। डिभिजन वन कार्यालय मकवानपुरको समन्वयमा वन तथा कृषि सहजिकरण कार्यक्रमअन्तर्गत तालिम जेठ २४ देखि असार ७ गतेसम्म सञ्चालित भएको हो।

तालिमको समापनमा डिभिजन वन प्रमुख राकेश प्रसाद चन्द्रवंशी सिकेको सीपलाई व्यवसायिक अभ्यासमा रूपान्तरण गर्न आग्रह गरे। उनले ठेकीमा आकर्षक डिजाइन, रंग र पोलिस थप गर्न सकिएमा स्थानीय बजारमै उच्च मूल्य पाउन सकिने बताउँदै “फिनिशिङ सिप” अत्यावश्यक रहेकोमा जोड दिए। १४ जना सहभागीले ठेकी निर्माणका आधारभूत सीप सिकेका थिए। समापन कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष सुशिल घिमिरेले तालिमले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सक्ने विश्वास व्यक्त गरे।

वन समूह अध्यक्ष रामहरि चौलागाईंले तालिमबाट प्राप्त सीपलाई आम्दानीको स्रोतमा बदल्ने प्रतिबद्धता जनाउँदै आगामी असार १३ गतेदेखि ठेकीको गुणस्तर सुधार र बजार मूल्य वृद्धि गर्न केन्द्रित एक हप्ते थप तालिम सञ्चालन गरिने जानकारी दिए ।

तालिम प्रशिक्षक सानुभाइ सुनारको निर्देशनमा सञ्चालित तालिममा उत्कृष्ट प्रदर्शन गरेकी सरस्वती राईलाई एक हजार रुपैयाँसहित सम्मान गरिएको छ। समापन कार्यकर्ममा डिभिजन वन अधिकृत बसन्तराज गौतमल,  वडा सदस्य ज्ञानबहादुर थापा र रंगिता सिलवालको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img