समाजपशुपति क्षेत्रको विद्युतीय शवदाह खरिदमा भ्रष्टाचार

पशुपति क्षेत्रको विद्युतीय शवदाह खरिदमा भ्रष्टाचार

काठमाडौं । पशुपति क्षेत्र विकास कोषद्वारा खरिद गरिएको विद्युतीय शवदाह मेसिनमा ठूलो भ्रष्टाचार भएको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार, उनीहरूले आपसी मिलेमतोमा १० करोड ३३ लाख ९१ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना गरेका छन्। शवदाह गृहको मेसिन खरिद तथा जडानको प्रक्रियामा अनियमितता गरेर कोषको सम्पत्तिमा हानि पुर्‍याएको आरोप छ।

अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलले भने, “कागजात, मूल्य तुलना, खरिद प्रक्रिया र कार्यान्वयनमा देखिएको बेथिति तथा योजनाबद्ध रुपमा रकम अपचलन भएको आधारमा मुद्दा दायर गरिएको हो।”

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img