Friday, July 18, 2025
समाजहेटौँडामा करेन्ट लाग्दा एकै परिवारका तीन जना घाइते

हेटौँडामा करेन्ट लाग्दा एकै परिवारका तीन जना घाइते

spot_img

हेटौँडा | मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ स्थित शान्तिटोलमा मंगलबार साँझ करेन्ट लागेर एकै परिवारका तीन जना घाइते भएका छन्। घटनामा एक बालिका पनि परेकी छिन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार ४६ वर्षीय सञ्चयकुमार पुडासैनी, उनकी पत्नी ४४ वर्षीया लक्ष्मी पुडासैनी र एक वर्षीया नातिनी श्रीयाना पुडासैनी करेन्ट लागेर घाइते भएका हुन्।

- Advertisement -

प्रहरीका अनुसार घटनाको समय नेपाल विद्युत प्राधिकरणका कर्मचारी पोलमा मर्मत कार्य गर्दै थिए। कामको क्रममा विद्युतको तार अचानक खस्दा सडकमा हिँडिरहेका पुडासैनी परिवार प्रभावित भएका थिए।

घाइतेहरूको शरीरका विभिन्न भागमा गम्भीर जलन भएको बताइएको छ। सञ्चयकुमारको दुवै खुट्टा गम्भीर रूपमा जलेको छ भने श्रीमती लक्ष्मी र नातिनी श्रीयानाको हात र खुट्टा जलेको प्रहरीले जनाएको छ।

उनीहरूको प्रारम्भिक उपचार हेटौँडा अस्पतालमा गरिएको थियो भने थप उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगिएको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img