बागमती प्रदेशमकवानपुरनागपञ्चमीकै दिन हेटौँडामा भेटियो विषालु किङ कोब्रा, सुरक्षित रूपमा जंगलमा छाडियो

नागपञ्चमीकै दिन हेटौँडामा भेटियो विषालु किङ कोब्रा, सुरक्षित रूपमा जंगलमा छाडियो

हेटौँडा | हेटौँडा उपमहानगरपालिका–१६ मा मङ्गलबार विषालु सर्पको प्रजाति किङ कोब्रा (राजगोमन) भेटिएको छ। नागपञ्चमीकै दिन हेटौँडा–१६ का रञ्जित घोरासैनीको घरछेउमा भेटिएको उक्त सर्पलाई सर्प उद्धारकर्ताहरू रोशन दीप र राजेश “गरिब” ले उद्धार गरी जंगलमा छाडेका हुन्।

विश्वकै सबैभन्दा ठूलो र लामो विषालु सर्प मानिने किङ कोब्राको आहारा प्रायः अरु सर्प हुन्छ। विज्ञहरूका अनुसार यसको न्युरोटक्सिक विष यति घातक हुन्छ कि एकपटकको टोकाइले हात्तीसमेतलाई मार्न सक्ने क्षमता हुन्छ।

सर्प देखिएपछि स्थानीय त्रसित बने पनि डिभिजन वन कार्यालय मकवानपुरको समन्वयमा प्रहरी र स्थानीयको उपस्थितिमा उक्त सर्पलाई सुरक्षित रूपमा वन क्षेत्रमा पु¥याइएको उद्धारकर्ता रोशन दीपले जानकारी दिए। उनीहरूले यसअघि पनि हेटौँडा–९ दिव्यपथ, हेटौंडा अस्पताल नजिक र मकवानपुरगढीसहित विभिन्न स्थानबाट सर्प उद्धार गरिसकेका छन्।

सर्प उद्धारकर्ताहरूले निःशुल्क सेवा गर्दै मानिसको बस्तीमा प्रवेश गरेका सर्पलाई सुरक्षित वासस्थानमा पु¥याउने काम गर्दै आएका छन्, जसलाई स्थानीयले प्रशंसायोग्य भनेका छन्।

विशेषज्ञहरूको भनाइअनुसार नेपालमा दुई हजार मिटर उचाइसम्म किङ कोब्रा पाइन सकिन्छ। मकवानपुर र आसपास क्षेत्रमा यसअघि पनि किङ कोब्रा, मोनोस्लेड कोब्रा, स्पेक्टेकल कोब्रा, बेन्डेड करेट, कोरल स्नेक, ग्रिन पिट भाइपर, रेडनेक किलव्याकजस्ता विषालु सर्प भेटिएका छन्।

यस्तै, अविषालु सर्पमा कपर हेडेट ट्रिङ्केट, कमन ट्रिङ्केट, ट्विन स्पटेड स्नेक, उल्फ स्नेक, बफ स्ट्रिप्ड किलव्याक, चेकर्ड किलव्याक, र्याट स्नेकलगायत पाइने गरिएको छ भने फ्रोस्टेड क्याट स्नेक, फ्लाइङ्ग स्नेक र कमन क्याट स्नेकजस्ता हल्का विषालु प्रजाति पनि देखापर्ने उद्धारकर्ता रोशन दीपले बताए।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img