हेटौँडा | मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै पहिरो खस्दा आवागमन पुनः अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहीबार मध्यान्ह १२ बजेदेखि सो स्थानमा दुईतर्फी सवारी सञ्चालन ठप्प भएको हो।
कार्यालयले दिएको जानकारीअनुसार अझै पनि पहिरो खस्ने क्रम जारी रहेकाले तत्काल सफाइ कार्य सुरु गर्न सकिएको छैन। पहिरोको जोखिम कम भएपछि मात्र हटाउने काम सुरु गरिने बताइएको छ।
डिभिजनका अनुसार आवश्यक उपकरण र जनशक्ति तैनाथ अवस्थामा छन् भने सडक सुचारु गर्न तयारी अवस्थामा राखिएको छ।



