समाजदशैंको टीका पूर्व–पश्चिम फर्केर थाप्ने

दशैंको टीका पूर्व–पश्चिम फर्केर थाप्ने

काठमाडौँ | विजयादशमीका दिन आज गुरुपुरोहित र मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरी बडादशैं मनाइँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार देवी विसर्जनको साइत बिहान ९:२३ बजे र टीकाको उत्तम साइत ११:५३ बजे तोकिएको छ।

परम्परा अनुसार टीका थाप्ने व्यक्तिले पूर्वतर्फ र लगाइदिने व्यक्तिले पश्चिमतर्फ फर्कनुपर्छ। समितिका सदस्य प्रा.डा. देवमणी भट्टराईका अनुसार दशैंमा दक्षिणतर्फ फर्केर टीका लगाउन नहुने मान्यता छ, किनभने दक्षिण दिशा पितृकर्मसँग सम्बन्धित मानिन्छ।

यद्यपि, मान्यजनको हातबाट लगाइने टीका–जमरा देवीदुर्गाको प्रसाद भएकाले काम विशेषले बाधा पर्नेहरूलाई साइत नहेरी पनि लगाउन सकिने धार्मिक विद्वानहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img