बागमती प्रदेशमकवानपुरहेटौँडामा दुई वर्षको छोरा छोडेर महिला बेपत्ता

हेटौँडामा दुई वर्षको छोरा छोडेर महिला बेपत्ता

हेटौँडा | हेटौँडा–१७ राजदेवीकी २९ वर्षीया फुलमाया लोप्चन असोज २६ गते रातिदेखि बेपत्ता भएकी छन्। बेपत्ता भएकी उनी सो रात श्रीमान र दुई वर्षका छोरासँगै घरमा सुतेकी थिइन्।

श्रीमती बेपत्ता भएको जानकारी दिएका उनका श्रीमान अमोद देसारका अनुसार उक्त रात करिब ८ बजे परिवारसँगै खाना खाई सुतेका थिए। तर राति १०:१० बजे छोरा रोइरहेको आवाज सुनेर उठ्दा श्रीमती ओछ्यानमा नरहेको देखिएको उनले बताए। देसारका अनुसार, “घर वरिपरि खोज्दा र बोलाउँदा पनि उनले जवाफ दिइनन्। मोबाइल फोन लिएर गएकी थिइन्, तर अहिले स्विच अफ छ।”

दुई वर्षको छोरा आमाको अनुपस्थितिमा निरन्तर रोइरहेको र बिचलित अवस्थामा रहेको परिवारले बताएको छ। श्रीमान अमोद देसारले आफ्नी श्रीमतीको खोजतलासमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन्। देसारले प्रहरी चौकी मकवानपुरमा खोजतलासको निवेदन दर्ता गराएका छन्।

प्रहरीले निवेदन दर्ता गरी प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीले जो कसैसँग फुलमाया लोप्चनको अवस्थाबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img