देशकोशी प्रदेशपाँचथरमा आगलागी हुँदा तीन घर जले

पाँचथरमा आगलागी हुँदा तीन घर जले

सुनसरी : गय राति पाँचथरको फालेलुङ गाउँपालिका-६ बरभञ्ज्याङमा आगलागी हुँदा तीन घर जलेका छन् ।

बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगाे फैलँदा यहाँका रामजीत राई र मनबहादुर राईका पनि घर जलेका छन् । आगलागीमा तीन वटा घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन बढी पसलमा क्षति भएकाे स्थानीय खगेन्द्र राईले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई वटा दमकल परिचालन गरिएकाे थियाे । विद्युत सर्ट भई आगलागी भएको स्थानीयवासीको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img