Wednesday, April 30, 2025
समाजदुखद खबर: सिड्नीमा एक नेपाली विद्यार्थी मृ'त फेला
spot_img

दुखद खबर: सिड्नीमा एक नेपाली विद्यार्थी मृ’त फेला

अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी एक नेपाली युवती मृत अवस्थामा फेला परेकी छन्। सिड्नीस्थित अर्चामनमा बसोबास गर्दै आएकी २२ वर्षिय सुस्मिता कपाली मृ’त अवस्थामा भेटिएकी हुन्।

काठमाडौंको कीर्तिपुर घर भएकी कपाली अध्ययनका लागि २ वर्षअघि अष्ट्रेलिया आएकी थिइन्। हाल एमपीएल पढिरहेकी उनको घटनाबारे न्यु साउथ वेल्स प्रहरीले अनुसन्धान गरिरहेको छ। मृ’तक सुष्मितालाई नजिकबाट चिन्ने सीड्नीका युवा उद्यमी उद्धव भट्टले यो घटनाले आफू निकै दुःखीत भएको बताए।

मिजासिली स्वाभावकी सुष्मिताको असामहिक निधनले आफू निकै स्तब्ध भएको र सुष्मिताको परिवारलाई भेटेर सान्त्वतासमेत दिएको उनले बताए।मृ’तकको श’व नेपाल पठाउन न्युसाउथ वेल्समा गैर आवासीय नेपाली संघले गो-फण्डमि मार्फत सहयोग संकलन सुरू गरेको छ ।अभियानबाट १० हजार डलर संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म १३ हजार ६ सय ५९ डलर संकलन भइसकेको छ।

परिवारको अनुमतिमा सहयोग संकलन सुरु गरिएको संघका युवा संयोजक बिक्रम दाहालले जानकारी दिए।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img