Wednesday, March 26, 2025
राजनीतिएमसीसीको पक्षमा मतदान गर्नेगरि प्रेम आले पार्टी फुटाउने तयारीमा, देउवासँग राखे यस्तो...

एमसीसीको पक्षमा मतदान गर्नेगरि प्रेम आले पार्टी फुटाउने तयारीमा, देउवासँग राखे यस्तो शर्त

काठमाडौं, १२ फागुन ।

एमसीसीलाई लिएर नेकपा (एकीकृत समाजवादी) पार्टी विभाजन हुने भएको छ । एमसीसीको पक्षमा मतदान गर्ने कि नगर्ने भनेर पार्टीले आधिकारिक रुपमा निर्णय नगरिसकेको अवस्थामा पार्टी विभाजनको मुखमा पुगेको हो । उक्त पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले एमसीसीको पक्षमा बोल्न थालेपछि विवाद सुरु भएको हो ।

खासगरी शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्यमन्त्री विरोध खतिवडाले एमसीसी पास गरेर जानुपर्नेमा जोड दिएका छन् । एमसीसी टेबुल हुनुभन्दा अघि पनि मन्त्रीहरुबीच छुट्टै छलफल र भेटवार्ता भएका थिए । उक्त छलफलमा मन्त्रीहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई कि सरकार छोड्नुपर्यो कि एमसीसीको पक्षमा उभिनुपर्यो भनेर विकल्प दिएका थिए ।

पार्टीका शीर्ष नेताहरु एमसीसीको विपक्षमा उभिएका छन् । यसले माधव नेपाल अप्ठ्यारोमा छन् । एमसीसी प्रतिनिधिसभामा पेश भैसकेको छ । आज संसद्को बैठक बदैछ । एमसीसीलाई लिएर नेकपा (एकीकृत समाजवादी) भित्र ठूलो विवाद सुरु भएको छ । स्रोतकाअनुसार एमसीसीको पक्षमा पार्टीले ह्वीप नलगाउने बुझिएको छ ।

यदि पार्टीले ह्वीप लगाउने भयो भने पनि एमसीसीको पक्षमा १० जना सांसद उभ्याउने आश्वासन मन्त्री आलेले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दिएका छन्। प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बेलामा पनि आलेले ८ जना सांसद उभ्याएका थिए ।

यो पनि : एकीकृत समाजवादीका १० जनाभन्दा बढी सांसद एमसीसी पक्षमा उभिने

आलेले परि आए आफूले एकीकृत समाजवादी पनि विभाज गर्नसक्ने भन्दै देउवालाई सोहीअनुसार सहयोग गरिदिन आग्रह गरेको बुझिएको छ । आलेसँग मन्त्रीबाहेक पार्वती विशुंखे, धनबहादुर बुढा, गोपाल बम, हिराचन्द्र केसी, समिना हुसेन र बिना बुढाथोकी सांसदहरु एमसीसीको पक्षमा उभिने भएका छन् ।

मन्त्री आलेले पार्टी फुटाउनको लागि पनि आफू तयारी अवस्थामा रहेको भन्दै प्रधानमन्त्री देउवासँग सहयोगको अपेक्षा गरेका छन् । संसदीय दलमा आलेले ४० प्रतिशत सजिलै पुर्याउने पनि बताएका छन् । विद्यमान संवैधानिक व्यवस्थाअनुसार दल विभाजनको लागि संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत पुग्नुपर्ने प्रावधान छ । आलेले देउवासमक्ष पार्टी विभाजनको लागि आवश्यक सहयोग भनेर दल विभाजनको लागि अध्यादेशको कुरा गरेको हुनसक्ने बुझिएको छ । रिपोर्टर्स नेपाल

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img