राजनीतिकाग्रेसबाट दर्जनौं कार्यकर्ता एमाले प्रवेश

काग्रेसबाट दर्जनौं कार्यकर्ता एमाले प्रवेश

बाजुरा। बाजुराको त्रिवेणी नगरपालिका वडा नं. ९ मा आज गरेको चुनावी आमसभा तथा जनता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

एमाले नगर कमिटीको आमसभा कार्यक्रममा वडा नं.९ का १२ परिवारले नेपाली कांग्रेस परित्याग नेकपा एमाले प्रवेश गरेका छन् ।

चुनावी आमसभा कार्यक्रममा दिनेश नेपाली, तुल उखेडा, भक्त उखेडा, रमित रौले, सागर मिजार, विराज उखेडा, डिल्ली उखेडा, राम थापा, दिल रौले, हरी थापा, बलबहादुर थापा सहीत १२ परिवारका ७१ जना एमाले प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा उद्योग विभाग प्रमुख विष्णु ऐडीले अविर लगाएर स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img