Thursday, December 5, 2024
राजनीतिबागमती प्रदेशका कृषिमन्त्री श्रेष्ठद्वारा १०० दिनको उपलब्धि सार्वजनिक

बागमती प्रदेशका कृषिमन्त्री श्रेष्ठद्वारा १०० दिनको उपलब्धि सार्वजनिक

हेटौँडा | बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले आफ्नो १०० दिनको कार्यकालमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन्।

मन्त्रालयले बाढीपहिरो पीडित कृषकहरूको तथ्यांक संकलन गरी राहत प्याकेजको लागि आवश्यक बजेट माग गरेको छ। यस्तै, समुदायमा आधारित खेती प्रणालीमार्फत कृषि उत्पादनमा स्वनिर्भर वडा निर्माण गर्न ५० वटा वडामा कार्यक्रम सुरु हुने क्रममा रहेको र थप २५ वटा वडा छनोटको प्रक्रिया अघि बढेको छ।

मन्त्रालयले लम्पि स्किन डिजिज विरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गरी ७१,९७७ गाईभैंसीलाई खोप लगाएको छ। हेटौंडा-११ मा निर्माणाधीन प्रादेशिक कृषि थोक बजारको निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको छ।
प्रदेशका ८ जिल्लाका १० स्थानमा निर्माणाधीन शीतभण्डारहरूको निर्माण कार्य ८५ प्रतिशत सम्पन्न भएको छ। यी शीतभण्डारहरूमा करिब १५,८०० मेट्रिक टन भण्डारण क्षमता रहेको छ।

प्राकृतिक विपद्बाट क्षति पुगेका १०३ जना किसानलाई हालसम्म २ करोड ५४ लाख ३४ हजार १६३ रुपैयाँ राहत रकम उपलब्ध गराइएको छ। चालु आर्थिक वर्षमा यसका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रदेशका २६ स्थानमा निर्माणाधीन एक वडा एक पशु स्वास्थ्य क्लिनिकमध्ये १८ वटाको भवन निर्माण कार्य सम्पन्न भएको छ। दूध उत्पादक कृषकहरूलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षमा २० करोड रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img