Sunday, March 16, 2025
राजनीतिझापामा माओवादीको महाधिवेशन गरेर देखाउन दाहाललाई ओलीको चुनौती

झापामा माओवादीको महाधिवेशन गरेर देखाउन दाहाललाई ओलीको चुनौती

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापामा माओवादी केन्द्रको महाधिवेशन गरेर देखाउन पुष्पकमल दाहाललाई चुनौती दिएका छन् ।

चितवनमा एमालेले महाधिवेशन गर्न लागेको सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष दाहालले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले झापामा अधिवेशन गर्न चुनौती दिएका हुन् ।’चुनाव लड्यो भन्दैमा जिल्ला पुरै हुँदैन । उहाँ रोल्पाबाट लड्नु भयो रोल्पामा नगर्ने, काठमाडौंबाट लड्नु भयो । काठमाडौंमा नगर्ने र सिराहाबाट लड्नु भयो त्यहाँ नगर्ने,’ ओलीले भने, ‘उहाँले झापामा आएर पार्टीको महाधिवेशन गर्नुहोस् ।’

उनले माओवादी अध्यक्ष दाहालले एमालेलाई नभै सिपी मैनालीलाई भनेको बताएका छन् । ‘सिपी मैनालीले नेकपा मालेको चितवनमा महाधिवेशन गरेको भोलिपल्ट उहाँले मलाई सक्न केहीले चितवनमा महाधिवेशन गरेका छन् भन्नुभयो, ‘ ओलीले भने, ‘यो हामीलाई होइन सिपी मैनालीलाई भन्नुभएको होला । ‘

 

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img