देशबागमती प्रदेशमुख्यमन्त्री लामाद्वारा कांग्रेसका चार मन्त्री पदमुक्त

मुख्यमन्त्री लामाद्वारा कांग्रेसका चार मन्त्री पदमुक्त

हेटौँडा | बागमती प्रदेश सरकारका चारजना मन्त्री पदमुक्त भएका छन्। मुख्यमन्त्री बहादुर सिंह लामाले शुक्रबार साँझ नेपाली कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीलाई पदमुक्त गरेका हुन्।

पदमुक्त हुनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र संस्कृति तथा पर्यटन मन्त्री बिमलचन्द्र ठकुरी छन्।

चारै जना मन्त्रीले शुक्रबार दिउँसो मुख्यमन्त्री लामा समक्ष व्हाट्सएपमार्फत राजीनामा बुझाएका थिए, तर साँझ मुख्यमन्त्रीले उनीहरूलाई पदबाट हटाएको पत्र जारी गरेका हुन्।

मुख्यमन्त्री लामा नेपाली कांग्रेस संसदीय दलका नेता हुन्। तर पछिल्ला दिनमा पार्टीभित्रको आन्तरिक असहमति चुलिँदै गएपछि सत्ता समीकरण भित्रै द्वन्द्व देखिएको छ।

स्रोतका अनुसार, मन्त्रीहरूले लामामाथि विश्वास गर्न नसकिने भन्दै नेतृत्व परिवर्तनको प्रयासस्वरूप राजीनामा दिएका थिए। तर मुख्यमन्त्री लामाले औपचारिक राजीनामा स्वीकृत नगरी प्रत्यक्षरूपमा पदमुक्त गरेका हुन्।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img