काठमाडौँ | अन्तरिम सरकारको प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच अहिले भेटवार्ता हुँदै छ ।
यो भेटवार्ताबारेको पुष्टि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो सचिवालयका सदस्यहरूलाई गराएका छन्।
सुशीलाले पनि आफूलाई प्रधानमन्त्रीमा समर्थन गरेका बालेनलाई पनि यसबारे जानकारी गराएको स्रोतले जनाएको छ ।



