Wednesday, February 12, 2025
विज्ञान/प्रविधिह्वावेको ‘पी५० प्रो’ अब विश्व बजारमा

ह्वावेको ‘पी५० प्रो’ अब विश्व बजारमा

काठमाडौं । ह्वावेले ईएमयूआई १२ सफ्टवेयर सिस्टमसहित ‘ह्वावे पी५० प्रो’ विश्वबजारमा सार्वजनिक गर्ने भएको छ । खासगरी यो स्मार्टफोन चिनियाँ प्रयाेगकर्ताका लागि हार्मोनी अपरेटिङ सिस्टमअन्तर्गत डिजाइन गरिएको छ ।

ईएमयूआईको पछिल्लाे भर्सनले नयाँ फिचरसहित प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने ह्वावेकाे अपेक्षा छ । यसको युजर इन्टरफेस हार्मोनी ओएस २.० अपरेटिङ सिस्टमसँग मिल्दोजुल्दो हुनेछ ।

तर सुपर डिभाइस, सर्भिस सेन्टर एटोमिक सर्भिस स्निपेस्ट जस्ता सुविधाको सन्दर्भमा भने उल्लेख्य भिन्नता रहनेछ । फाेनमा भएको नयाँ कन्ट्रोल प्यानल नै याे सफ्टवेयर भर्सनको मुख्य अंश रहेकाे कम्पनीकाे भनाइ छ ।ह्वावे पी५० प्रोको फिचरको कुरा गर्दा यसमा १२० हर्जसम्मको रिप्रेस रेट छ । त्यसैगरी १४४० हर्जको हाई फ्रिक्वेन्सी पीएम डब्लु डिमिङ र हाई इन्टर्याक्सन टच स्क्रिनका लागि ३०० हर्जको टच स्याम्पलिङ रेट समावेश छ ।

यो स्मार्टफोनमा स्न्यापड्रागन ८८८ फोरजी प्रोसेसर प्रयोग गरिएको छ । यसमा ८ जीबी र्‍याम र २५६ जीबीको इन्टर्नल स्टोरेज रहेको छ ।फोनको पछाडिको क्यामेरामा ५० मेगापिक्सेको ट्रु क्रोमा क्यामेरा, ४० मेगापिक्सेको मोनो ट्रु क्रोमा क्यामेरा, १३ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल क्यामेरा र ६४ मेगापिक्सेलको टेलिफोटो क्यामेरा रहेको छ ।

त्यस्तै फोनको अगाडि १३ मेगापिक्सेलकाे सेल्फी क्यामेरा रहेको छ । फोनमा ४३६० एमएएचको लार्ज ब्याट्री रहेको छ, जसमा ६६ वाटको वायर्ड सुपरचार्ज र ५० वाटको वायरलेस सुपरचार्ज हुनेछ ।उपभोक्ताले सुपरचार्जर भने छुट्टै खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस