Saturday, May 17, 2025
विज्ञान/प्रविधिकम्प्युटरमा ‘Activate Windows’ आएर हैरान हुनुहुन्छ ? यसरी सजिलै हटाउनुहोस्
spot_img

कम्प्युटरमा ‘Activate Windows’ आएर हैरान हुनुहुन्छ ? यसरी सजिलै हटाउनुहोस्

spot_img

काठमाडौं । यदि तपाईं जेन्युन (आधिकारिक) ‘नभएर पाइरेटेड’ (चोरी) अथवा ‘क्र्याक्ड भर्सन’ (तोडमोड गरिएको) को विण्डोज प्रयोग गर्नुहुन्छ भने पक्कै पनि ल्यापटप तथा कम्प्युटरको स्क्रिनको तल दायाँ भागमा ‘Activate Windows’ को वाटरमार्क देख्नुभएकै होला ।

यसले तपाईंलाई कतिपय समय झन्झट दिइरहेको पनि हुन्छ । खासगरी स्क्रिनशट लिँदा त्यसले समस्या पारिरहेको हुन्छ ।यस बाहेक काम गर्दाको समयमा त्यसले एकाग्रता भङ्ग गरिदिने समस्या पनि हुन्छ । आज हामी तपाईंलाई ल्यापटप तथा कम्प्युटरमा ‘Activate Windows’ देखिने समस्या कसरी समाधान गर्ने भन्ने विषयमा बताउँदै छौँ ।

तर यहाँनिर ख्याल के राख्नुहोस् भने पाइरेटेड तथा क्र्याक विण्डोज तथा सफ्टलेयरले तपाईंको साइबर सुरक्षालाई जोखिममा पार्न सक्छ । त्यसैले सकेसम्म ‘जेन्युन’ सफ्टवेयर तथा विण्डोज नै प्रयोग गर्नुहोस् ।

‘Activate Windows’ कसरी हटाउने ?

यसका लागि सुरुमा विण्डोजसँगै आर (Windows+R) की दबाउनुहोस् र ‘regedit’ टाइप गरेर ओके बटनमा क्लिक गर्नुहोस् । त्यसपछि ‘Ok’ गरेर ‘Yes’ बटनमा थिच्नुहोस् ।

Screenshot 5

अब त्यहाँबाट ‘HKEY_LOCAL_MACHINE’ फोल्डरलाई विस्तार गर्नुहोस् र त्यसभित्र रहेको ‘System’ लाई पनि विस्तार गर्नुहोस् ।त्यसपछि ‘CurrentControlSet’ मा जानुहोस् र ‘Services’ मा प्रवेश गर्नुहोस् ।अब स्क्रोल गर्दै जानुहोस् र ‘svsvc’ फोल्डर खोल्नुहोस् ।

यहाँनिर सुनिश्चित गर्नुहोस् कि, तपाईं ‘Computer\HKEY_LOCAL_MACHINE\SYSTEM\CurrentControlSet\Services\svsvc’ एड्रेसमा हुनुहुन्छ ।

यति गरिसकेपछि त्यहाँ रहेको ‘Start’ मा राइट क्लिक गर्नुहोस् र मोडिफाईमा जानुहोस् । र त्यसमा अङ्क ‘4’ राखेर ‘Ok’ बटनमा क्लिक गर्नुहोस् । अन्तिममा आफ्नो कम्प्युटरलाई रिस्टार्ट गर्नुहोस् ।

तर एउटा कुरा के ख्याल गर्नुहोस् भने यसबाट तपाईंको ल्यापटप तथा कम्प्युटरमा भएको विण्डोज एक्टिभ नहुने भएर स्क्रिनको तल दायाँतर्फ वाटरमार्क मात्रै नदेखिने हो ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img