Monday, May 19, 2025
खेल समाचारगोल्डकपको फाइनलमा पुलिस र एपीएफ भिड्दै, स्कुटर पुरस्कारको प्रतिस्पर्धा चुलियो
spot_img

गोल्डकपको फाइनलमा पुलिस र एपीएफ भिड्दै, स्कुटर पुरस्कारको प्रतिस्पर्धा चुलियो

spot_img

हेटौँडा । मकवानपुरको हेटौँडामा जारी सहिद स्मृति राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता अब उपाधिको चरणमा पुगेको छ। फाइनलमा दुई विभागीय टिम – नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) आमनेसामने हुने भएका छन्।

गौरीटार रंगशालामा मंगलबार भएको सेमिफाइनल खेलमा एपीएफले संकटालाई २–० ले हराउँदै उपाधि भिडन्तमा पुलिससँगको टक्कर पक्का गर्‍यो। खेलको पहिलो हाफ गोलरहित रह्यो। तर ७१ औं मिनेटमा रश्मि घिसिङ र ७६ औं मिनेटमा अनिता केसीले गोल गर्दै टिमलाई फाइनलमा पुर्‍याए।

दुवै गोल कप्तान अनिता बस्नेतको कर्नर र पासबाट सम्भव भए। रेनुका नगरकोटी प्लेयर अफ द म्याच घोषित भइन्। उनले नगद १० हजार रुपैयाँ र ट्रफी हात पारिन्।

पहिलो सेमिफाइनल खेलमा पुलिस क्लबले चितवनलाई ७–० को फराकिलो अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो। पुलिसको जितमा मीना देउवा र निर्मा उपाध्यायले ह्याट्रिक गरे। देउवाले २१औं, ४०औं र ५९औं मिनेटमा तीन गोल गरिन् भने उपाध्यायले ३४औं, ६६औं र ८०औं मिनेटमा ह्याट्रिक पुरा गरिन्। सुष्मा तामाङले पनि ४५औं मिनेटमा एक गोल थपिन्।

मीना देउवा म्यान अफ द म्याच घोषित भइन् र उनले पनि नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन्।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल बिहीबार दिउँसो ३ बजे हेटौँडाको गौरीटार रंगशालामा हुनेछ। ८ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५ लाख नगद, उपविजेताले ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

फाइनलमा प्रदर्शन गर्ने सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउनेछन् भने, विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद र ट्रफी प्रदान गरिनेछ। हरेक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ दिइँदै आएको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img