धर्म/संस्कृतियस्तो छ भूटनदेवी मन्दिर हेटौंडाको महिमा (तस्बिरहरू)
spot_img

यस्तो छ भूटनदेवी मन्दिर हेटौंडाको महिमा (तस्बिरहरू)

हेटौंडा- भूटनदेवी मन्दिर बागमती प्रदेशको मकवानपुर जिल्लाको हेटौंडा वडा नम्बर १० मा अवस्थित एक प्रसिद्ध मन्दिर हो।

महाभारतकालीन इतिहास बोकेको यस मन्दिरमा दैनिम जसो हिन्दु धर्मावलम्बी भक्तजन तथा आन्तरीक यर्यटकहरूको आउने गर्दछ भने हिन्दुहरूको महान चाड बडा दसैको अवसर तथा विषासय पुजामा धर्मालम्बी एवं पर्यंटकहरूको भीड लाग्ने गर्द । विशेष गरी शनिबार वा शुभ चाडपर्वमा भुटानदेवीमा गहिरो आस्थाका साथ देश विदेशबाट दर्शनार्थीहरु आउने गर्दछन् ।

हेटौंडा बस स्टेन्डबाट सडकमार्ग हुँदै करिब १५ मिनेटको पैदल यात्रामा हेटौँडास्थित भूटनदेवी मन्दिरसम्म पुग्न सकिन्छ। भूटनदेवी मन्दिरमा पूजा गरेपछि गम्भीर कठिनाइ, समस्या र डरमाथि विजय प्राप्त हुने विश्वासका साथ मन्दिरको मूल्य कायम रहेको वास्तु सिद्धान्तअनुसार मन्दिरको डिजाइन गरिएको बताइएको छ ।

मन्दिर परिसरमा महिषासुरको मूर्तिलाई देवीले मार्दा भैंसीबाट मानिसमा परिणत भएको देख्न सकिन्छ। मन्दिरमा लक्ष्मी-नारायण, राधा-कृष्णका मूर्तिहरू पनि छन् र यी सबै देवता र देवीहरूको शक्ति धारण गर्ने विश्वास गरिन्छ ।

भूटनदेवी मन्दिर प्राचीन नेपाली कला र संस्कृतिको वास्तविक प्रतीक हो । यस मन्दिरको भौतिक सौन्दर्य पनि मनमोहक छ।

भूटनदेवी लाई हिडिम्बी भनेर पनि चिनिन्छ । भूटनदेवीलाई देवी दुर्गाको अर्को रूपका रूपमा पनि लिइन्छ र उनलाई भीम (पाण्डेहरूमध्ये एक)की पत्नी पनि भनिन्छ। देवी दुर्गा पार्वतीको अवतार हुन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img