राजनीतिम एमसीसी पास गर्ने पक्षमा छुः गगन थापा

म एमसीसी पास गर्ने पक्षमा छुः गगन थापा

काठमाडौं । नेपाली काग्रेसका महामन्त्री गगन कुमार थापाले विवादित परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन्स एमसीसीका बारेमा खुलेर जवाफ दिएका छन् ।

थापाले आफु एमसीसीको पक्षपाती भएको स्पष्ट पारेका छन् । ढाँटेर कुरा गर्न जरुरी नभएको भन्दै थापाले आफु एमसीसी पास हुनु पर्ने पक्षमा रहेको बताएका छन् ।एमसीसीको बारेमा गगन थापा प्रष्ट सँग नबोलेको भनेर चर्को आलोचना भइरहेको बेलामा थापाले यस विषयमा आफ्नो धारणा राखेका छन् ।एक अनलाइन सँगको लामो अन्तर्वातामा थापा पहिलो पटक एमसीसी बारे खुलेर बोलेका छन् ।

नेपाली काग्रेस पार्टी भित्र एमसीसी पास गर्नु पर्छ भन्ने पक्षमा एकमत रहेको स्मरण गराउँदै थापाले पार्टी एकमत रहको विषयमा आफुले फरक मत नराखेको भन्दै यस बाटनै गगन थापा एमसीसीको पक्षमा भएको बुझ्नु पर्ने बताएका छन् ।कुराकानीको क्रममा काग्रेस महामन्त्री थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री भएका बेला एमसीसी सम्बन्धी महत्वपुर्ण निर्णय मन्त्रीपरिषदबाट भएको भन्दै आफु पनि सो मन्त्रीपरिषदको एक सदस्य भएको पनि स्मरण गराएका छन् ।

प्रचण्ड सरकारको मन्त्रीपरिषदको सदस्य भएको हिसाबले आफु एमसीसीको समर्थक मात्रै होइन यस सम्बन्धी महत्वपुर्ण निर्णयमा आफ्नो संलग्नतानै भएको थापाले स्विकार गरेका छन् ।प्रचण्डलाई प्रधानमन्त्री बाट हटाए पछि शेरबहादुर देउवा प्रधानमन्त्री र ज्ञानेन्द्र बहादुर कार्की अर्थमन्त्री भएका बेला एमसीसी सम्झौतामा हस्ताक्षर मात्रै भएको तर महत्वपुर्ण काम त प्रचण्ड सरकारकै बेलामा भएको उनले बताएका छन् ।

थापाले नेपाल जस्तो मुलुकले जुन विदेशीले सहयोग दिए पनि लिनु पर्ने तर्क गरेका छन् । नेपालसँग पैसानै नभएको भन्दै थापाले चिन, अमेरिका ,इण्डीया जसले सहयोग दिए पनि लिनु पर्ने पक्षमा आफु रहेको बताएका छन् । सबै देशको सहयोग लिएर बंगलादेशी मोडलमा जानु पर्ने तर्क थापाले गरेका छन् ।बंगलादेशले एमसीसी पनि लिएको छ , विआरआई पनि लिएको छ , इण्डीया सँगको सिमा समस्या पनि समाधान गरेको छ , अहिले बंगादेश कोहि सँग खेलिएको छैन बरु उसले अरुलाई खेलाएको छ हामी पनि त्यसै गर्नु पर्छ भन्ने मलाई लाग्दछ । थापाले भनेका छन् ।

नेपालमा एमसीसीको बिषय निकै गिलोलिएको भन्दै थापाले जो पनि यसको विज्ञ बनेको आरोप लगाएका छन् । पहिलेनै पास भएको भए यति धेरै नगिजोलिने भन्दै उनले अब नागरिक स्तरमा लगेर व्यापक बहस गराउँनु पर्ने बताएका छन् । एमसीसी संसदमा ल्याएर व्यापक बहस गरेर पास गर्नु पर्ने तर्क उनले गरेका छन् ।

नागरिक स्तरमा व्यापक प्रश्न र शंकाहरु उठे पछि अब भने व्यापक बहस गरेर बुँदाबुँदामा छलफल गरेर मात्रै एमसीसी पास गर्नु पर्ने धारणा उनले राखेका छन् । बाहिर चर्चा गरिएका र शंका गरिएका सबै कुराहरुमा संसदमा बहस गरेर निकास दिनु पर्ने धारणा थापाले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img