शिक्षादशै तिहार विदामा विद्यालय सञ्चालन हुने

दशै तिहार विदामा विद्यालय सञ्चालन हुने

जिल्लाको मेन्छ्यायेम गाउँपालिकाले दशैँतिहारबीचको बिदामा पनि विद्यालय सञ्चालन गर्ने भएको छ ।कोरोना भाइरसका कारण शैक्षिक क्षेत्रमा असर पुगेकाले गाउँपालिकामा रहेका विद्यालय सञ्चालन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष दर्जीले बताए ।मेन्छ्यायेम गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।यो पनि हेर्नुस्

विराटनगर । मुलुकको तेस्रो प्रमुख नाकाको रूपमा रहेको विराटनगर भन्सार कार्यालयबाट आयात बढ्दै गएको छ । यो भन्सारबाट गत आर्थिक वर्ष २०७७-७८ मा १ खर्ब ८९ अर्ब ६५ करोड ६८ लाखको सामान आयात हुँदा ३६ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । उक्त तथ्यांकले गत आवमा १ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँको व्यापार घाटा रहेको देखाएको छ ।कोरोनाका कारण लक्ष्यभन्दा कम राजस्व संकलन गरिरहेको विराटनगर भन्सार कार्यालयले साउन र भदौमा भने लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

आयातको तुलनामा निर्यात निकै कम भए पनि निर्यातमा सुधार हुँदै गएको भन्सार प्रमुख शिव भण्डारीले जानकारी दिए ।निर्यातमुखी अर्थतन्त्र नहुनु र आयातमा निर्भर हुँदा प्रत्येक वर्ष व्यापार घाटाको ग्राफ उकालो लागेको देखिन्छ । तर आवमा विराटनगर नाकाबाट निर्यात पनि न्यून मात्रामा बढिरहेको तथ्यांकले देखाएको छ । सो नाकाबाट अघिल्लो आव २०७६-७७ मा २८ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ बराबरको सामग्री निर्यात भएको थियो। जुन गत आर्थिक वर्षको भन्दा ६ अर्ब ३९ करोडले कम हो ।

विराटनगर भन्सार नाका हुँदै आयात हुने प्रमुख वस्तुहरूमा भटमासको कच्चा तेल, एमएस बिलेट, पोलिथिन दाना, स्टिल वायर, तयारी कपडा, सूर्यमुखी कच्चा तेल, मकै, सीआर सीट, खाना पकाउने ग्यास र औद्योगिक मेशिनरी छन् । त्यसैगरी नेपालबाट निकासी हुने मुख्य वस्तुहरू भटमासको प्रशोधित तेल, सेन्थेटिक यार्न, जुटका बुनिएका कपडा, जुटका बोरा र झोला, ऊनी, सुती, चाउचाउ, सनपाटको धागो, सूर्यमुखी प्रशोधित तेल लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img