देशनेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम

नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम

काठमाडौँ — नेपालको जनगणना २०७८ अनुसार मधेश प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश भएको छ ।तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार मधेश प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २८८ पुगेको छ । त्यसपछि वाग्मती प्रदेश सबैभन्दा धेरै जनसंख्या प्रदेशको सूचीमा दोस्रो नम्बरमा परेको छ । वाग्मतीको कुल जनसंख्या ६० लाख ८४ हजार ४२ रहेको विभागले जनाएको हो ।

त्यस्तै सबैभन्दा कम जनसंख्या हुनेमा कर्णाली प्रदेश परेको छ । कर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार ८ सय ८९ रहेको विभागले जनाएको हो ।

महिला : १ करोड ४९ लाख १ हजार १६९
पुरुष : १ करोड ४२ लाख ९१ हजार ३११

प्रदेश            जनसंख्या विवरण       वृद्धिदर
१ नम्बर प्रदेश       ४९७२०२१              ०.९२
मधेस प्रदेश           ६१२६२८८             १.२५
बागमती प्रदेश        ६०८४०४२             ०.९६
गण्डकी प्रदेश         २४७९७४५             ०.३१
लुम्बिनी प्रदेश         ५१२४२२५             १.३०
कर्णाली प्रदेश         १६९४८८९             ०.७६
सुदुरपश्चिम प्रदेश     २४११२७०             ०.६०

कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०
जनसंख्या वृद्धिदर ०.९७ रहेको छ । तथ्याङ्क अनुसार विदेशमा रहनेको संख्या करिब २२ लाख रहेको छ, भने लिम्पीयाधुरा लिपुलेकको जनसंख्या करिब ६०० रहेको देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img