देशकोशी प्रदेशसङ्खुवासभामा खानेपानीको अभाव , घरपरिवारले गाउँ छाढ्दै

सङ्खुवासभामा खानेपानीको अभाव , घरपरिवारले गाउँ छाढ्दै

सुनसरी / सङ्खुवासभामा खानेपानीको चरम अभाव भएपछि गाउँका घरपरिवार बसाइँ सर्ने क्रम बढेको छ । खानेपानीको अभाव र हाहाकार भएपछि चैनपुर नगरपालिका-१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन् ।

सङ्खुवासभामा खानेपानीको अभाव भएको कारण चैनपुर-१० का १४ घरपरिवार बसाइँ सरेका छन् । इखुम्बा झिलझिले , सल्लेरी , कल्लेरी साल बिसौना र मलाटेका लगायत गाउँमा चरम खानेपानी अभाव भएपछि स्थानीयवासी बसाइँ सर्न बाध्य भएका छन् ।

पिलुवा खोलामा पानी लिन जाँदा दुई घण्टाभन्दा बढी समय लाग्ने गरेको स्थानीयवासी भन्छन् । खानेपानीको चरम अभाव भएको चैनपुर-१० मा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, चैनपुर नगरपालिका र युनाइटेड वल्ड स्कुल नेपाल सङ्खुवासभाको संयुक्त लगानीमा गएको पुसमा लिफ्टिङ खानेपानी शिलान्यास भएको छ ।

खानेपानी आयोजना शिलान्यास भएपछि कल्लेरी, इखुम्बा, साल बिसौना, सल्लेरी, झिलझिले लगायतका स्थानीयवासीले खुसी व्यक्त गर्दै चाँडै सम्पन्न गरिदिन अनुरोधसमेत गरेका छन् ।

चैनपुरको नगरपालिकाको करिब दुई हजार ५०० घरधुरीमा खानेपानीको अभाव रहेको छ । गाउँमा पानीको मुहान नहुँदा पिलुवा खोलाको धमिलो पानी ल्याएर प्रयोग गर्ने बाध्य छन् । चैनपुरको १० नम्बर वडाबाट २ वर्षमा १४ घरपरिवारले तराईमा बसाइँ सरेका वडाध्यक्ष तेतबहादुर कटुवालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img