सुनसरी / जंगली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका-१३ का ७१ बर्षीय खम्बासिंह कार्कीको मृ´त्यु भएको छ । सोमबार विहान घरमै आएको हात्तीलाई खेदाउने क्रममा हात्तीले कुल्चिँदा उनी गम्भीर घाइते भएका थिए ।
घाइते कार्कीलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो । उनको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।
कार्कीको घर चारआली बजारस्थित इलाम रोड नजिकै रहेको छ । पाँच दिन अघि मात्र दमकमा खेतमा पानी लगाउनका गएका ६३ बर्षीय गणेशबहादुर अधिकारीलाई समेत जंगली हात्तीले मारेको थियो ।



