देशबागमती प्रदेशकाभ्रेको कालिदेवी प्राथमिक विद्यालयमा न्यानो कपडा

काभ्रेको कालिदेवी प्राथमिक विद्यालयमा न्यानो कपडा

काठमाडौं / काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर-२ स्थित सिम्थली स्थित कालीदेवी प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

विद्यालयको वार्षिक उत्सव कार्यक्रमको अवसरमा विद्यार्थी हरुलाइ न्यानो कपडा स्विटर तथा शैक्षिक सामग्री वितरण सोमबार गरिएको हो । समाजसेवी एवं विद्यालयको पूर्व अध्यक्ष राम थापाको पहलमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

न्यानो कपडा वितरणसँगै शैक्षिक गुणस्तरको बारे शिक्षक शिक्षिका विद्यालय व्यवस्थापन समिती लगायत बुद्धिजीवी शिक्षा प्रेमि लगायतका अबिभावक संग अन्तरकृयात्मक छलफल समेत गरिएको उनले बताए । विद्यालयको शैक्षिक अवस्था विकास गर्न र बालबालिकाहरुको शिक्षण वृद्धि गर्न समेत छलफल गरिएको थियो ।

नेकपा माओवादी केन्द्र भुम्लु गाउँपालिका पार्टी कमिटीको अध्यक्ष बृहद भुजेल सहितको टिमको पहलमा उक्त विद्यालयमा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । बालबालिकालाई न्यनो कपडा स्विटर र कापी, कलम लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष भुजेलले बताएका छन् ।-साङ्केतिक फोटो

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img