साहित्यविवेक विवश रेग्मीको "केटाकेटीहरू" कविता

विवेक विवश रेग्मीको “केटाकेटीहरू” कविता

कवि विवेक विवश रेग्मीको लेखकमा कविता केटाकेटीहरू न्यानो समय जिउने आशमा
घाम हिड्ने बाटोभरि आँखा बिच्छ्याएर
जिन्दगी बाँच्न सिकिरहेका छ्न् ।

हरेक दिन झ्यालबाट चियाउँदै
घाम भागिरहेको छ, आँखैबाट
हिउँ जस्तो चिसो जिन्दगी पनि
बाँच्न सिकिरहेका छन् केटाकेटीहरू ।

रहरहरु भत्किएर
गहिरो पीडामा भएको मानिस जसरी
आँखाबाटै सपनाहरू हराएको मानिस जसरी
कुनै बित्यासमै परेर पनि
मुस्कुराइ रहेको मानिस जसरी
जिन्दगी बाँच्न सिकिरहेका छन् केटाकेटीहरू ।

केटाकेटीहरूको आँखाबाट
हाम्फालि रहेको छ आँसु
जिन्दगी जहिँतहिँ भत्काइ
कहाँकहाँ बगाइ पुर्‍याउ जसरी
तर पनि केटाकेटीहरू
न्यानो समयको आशमा
जिन्दगी बाँच्न सिकिरहेका छन् ।

एक साँझ गाउँमा
यसै-यसै हल्ला चल्यो
चिसोमा गाउँका केटाकेटीहरू
चिसोकै उल्लास मनाइ रहेका छन्
र जिन्दगी बाँच्न सिकिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img