देशकोशी प्रदेशमोरङका दुईजना बालिका १० दिनदेखि बेपत्ता

मोरङका दुईजना बालिका १० दिनदेखि बेपत्ता

इटहरी / मोरङमा सुन्दरहरैंचा नगरपालिका-३ लालबस्ती बाट १० दिने देखि दुई बालिका विपत्ता भएका छन् ।

लालबस्तीको बर्मानीया बस्दै आएकी १६ वर्षीय सुस्मा विक र सोही ठाउँमा बस्ने १७ वर्षीय सुमना सिवा परियार बेपत्ता भएका हुन् । परिवारले सबै ठाउँमा खोजेर नभेटाएपछि खोजीका लागि प्रहरीमा समेत निवेदन दिएको सुस्मा विकका बुबा विनोद विकले जानकारी दिए ।

उनका अनुसार सोही ठाउँकी सुमाना सिवा विवाहित हुन् भने सुस्मा विक सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका-२ घर भइ लालबस्ती स्थित मामाघरमा बसेर अध्ययन गर्दै आएकी थिइन् ।

विनोदले भजे “सुमना सिवा छिमेकी हुन् । सँगै घाँस दाउरामा जाने आउने गर्दा गर्दै बेपत्ता भएछन् आफन्त सबैतिर खोजी गरी सक्यौँ नभेटिएपछि गछियाको प्रहरी कार्यलयमा खोजीका लागि निवेदन दिएका छौ ।”

उनको परिवार निकै चिन्तित अवस्थामा रहेको छ । कृपया कसैले उहाँहरुई देख्नु भयो भने नजिकैको प्रहरी कार्यलयमा सम्पर्क गरिदिन अनुरोध गरेका छन् । सम्पर्क नम्बर ९८४२३२५१४१ मा सम्पर्क गरि सहयोग गरिदिन परिवारले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img