समाजत्रियुगा खोलामा डुवी ५ वर्षीय बालकको मृत्यु

त्रियुगा खोलामा डुवी ५ वर्षीय बालकको मृत्यु

सुनसरी / उदयपुरको त्रियुगा खोलामा डुवी एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको हल्दीवारी घर भई त्रियुगा नगरपालिका-७ स्थितमा बस्दै आएका गौर बहादुर मगरको ५ बर्षीय छोरा निस्पल मगर रहेका छन् ।

हिजो साँझ ६ बजे पौडी खेल्ने क्रममा घर नजिकै रहेको त्रियुगा खोलामा डुवीरहेको अवस्थामा आमाले फेला पारी उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारको क्रममा मगरको मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img